२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन २१, २०८२

मेष -आज कामप्रति लगाव बढ्नेछ। पारिवारिक सम्बन्धमा सुमधुरता आउनेछ। सरकारी काममा सफलता मिल्न सक्छ। तर अरूको कुरामा धेरै प्रभावित नहुनुहोस्। यात्रामा लाभ होला।

वृषभ-आज व्यापारमा नयाँ अवसर देखा पर्न सक्छ। तर खर्चको मात्रा बढी हुने सम्भावना छ। घरभित्र सानो बहस हुन सक्नेछ, संयम अपनाउनु उपयुक्त हुन्छ। स्वास्थ्यमा ख्याल गर्नुहोस्।

मिथुन-आर्थिक पक्ष सबल बन्नेछ। साथीभाइ र दाजुभाइसँगको सम्बन्ध सुधार हुनेछ। पुराना टेन्सनहरू हट्नेछन्। प्रेम सम्बन्धमा मिठास आउने संकेत छ।

कर्कट-आफ्नो मेहनतले काममा सफलता दिलाउनेछ। केही मानसिक अशान्ति भए पनि घर–परिवारको साथले सान्त्वना मिल्नेछ। सन्तान पक्षबाट शुभ समाचार आउने सम्भावना छ।

सिंह-आज निर्णय लिँदा सावधानी आवश्यक छ। यात्रामा विलम्ब र खर्च बढी देखिन्छ। धार्मिक भावना जागृत होला। नीजि जीवनमा संयम अपनाउनु राम्रो।

कन्या-धन लाभको सम्भावना बलियो छ। शुभ समाचार सुन्न पाइने दिन हो। तर स्वास्थ्यमा सामान्य कमजोरी महसूस हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु उचित हुन्छ।

तुला-पद, प्रतिष्ठा र सामाजिक स्तर उकासिने समय हो। नयाँ अवसरहरूको संकेत देखिन्छ। वैवाहिक जीवनमा सामान्य चञ्चलता देखिए पनि संवादबाट समाधान हुनेछ।

वृश्चिक-आज शुभकार्यको योजना बन्न सक्छ। विद्या, धर्म र गुरुजनको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार देखिन्छ। परिश्रमले फल दिन्छ

धनु-समय मध्यम छ। खर्च बढ्न सक्छ। सरकारी वा कागजी प्रक्रियामा केही अवरोध आउन सक्छ। व्यवहारमा संयम राख्नु आवश्यक छ। संतानपक्षमा सन्तोषजनक खबर पाइनेछ।

मकर-मानसिक बल र आत्मविश्वास बढ्नेछ। काममा दृढता देखिनेछ। वैवाहिक जीवनमा सुधार होला। तर अहंकारको नियन्त्रण जरुरी छ।

कुम्भ-स्वास्थ्य ख्याल गर्नुहोस्। गोप्य शत्रु सक्रिय हुन सक्छन्। काममा ध्यान नदिँदा गल्ती हुन सक्छ।

मीन-आजको दिन मिलनसार र सृजनात्मक काममा लाभदायक हुनेछ। प्रेम वा मित्र सम्बन्धमा प्रगाढता आउनेछ। प्रतिस्पर्धी कार्यमा पनि सफलता मिल्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]