बाँके । राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियामा वाइसीएल नेपालले तटबन्ध मजबूतीकरण अभियानलाई तीव्रता दिएको छ।
वाइसीएल नेपालद्वारा सञ्चालित दुई महिने केन्द्रिय श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत सोमबार स्थानीय बासिन्दासँग हातेमालो गर्दै तटबन्ध सुदृढीकरण कार्य सञ्चालन गरियो। “जनताको सुरक्षाका लागि युवा अग्रपंक्तिमा” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत अली शेष (जित), लुम्बिनी प्रदेशका सह-सचिव सुनिल गिरि, बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल र सचिव विजय बर्मा सहित सयौं युवाको सक्रिय उपस्थिति रहेको थियो।
उक्त अभियानमा राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारु स्वयं उपस्थित भएर वडा नागरिकसँग मिलेर खटिएका थिए। बाँके तटबन्धन कार्यालयका इन्जिनियरहरूको प्राविधिक समन्वयमा भइरहेको यो कार्यले जनताको प्रत्यक्ष सुरक्षा सुनिश्चित गर्ने विश्वास गरिएको छ।