२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कञ्चनपुरमा १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा सम्झनाका श्रीमान पवन सासुससुरा पनि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

कैलाली । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा घर परिवार पक्राउ परेका छन् । सम्झनाका श्रीमान पवन, सासुससुरा किरण हरिदत्त पनि पक्राउ परेका हुन् ।  घटनाकै दिन सम्झनाका श्रीमान पवन पक्राउ परेका थिए, त्यसपछि सासु र ससुरालाई पनि पक्राउ गरेको कञ्चनपुर  प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आत्महत्या दुरुत्साहन अ्रन्र्तरगत किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान, सासु, ससुरालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए । प्रवक्ता बोहराले अनुसार घटना स्थलदेखि सबै कोणबाट अनुसन्धान अघि बढाइएको बताए । १८साउन घरकै झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् । माइती पक्षले आत्महत्या जस्तो देखिने भएपनि हत्या भन्दै पोष्र्टमाष्टम गर्न मानेको छैन । चार दिनदेखि सम्झनाको शव महाकाली अस्पतालमा राखिएको छ । सम्झनाले आफु बाँच्न नसकिने भन्दै आफन्तलाई म्यासेजदेखि घरमा कुटपिट हुने भन्दै गुनासो गर्दै आएकी थिइन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरकी सम्झना र बेलडाँडी २ सिहपाल टोलका  पवनकोे विवाह ६ महिना नवित्दै सम्झना सदाका लागि विलय भएकी छिन । प्रेम सम्बन्धमा रहेका सम्झना र पवनको १८ फागुन ०८१ मा विवाह भएको थियो । विवाह भएको ६ महिना पनि पुरा नहुँदै सम्झना झुण्डिएर मृत फेला परेपछि माइती पक्षले घरपक्षमाथि मर्न बाध्य बनाएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।
विवाह लगत्तै निरन्तर घरमा हुने झै झगडा कलहकै कारण छोरी गुमाउनु परेकोे माइती पक्षको भनाइ छ । सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेको बताए । उनका अनुसार एक दिन अघि पनि इप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाईबुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माइती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन । ‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका  थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिइन्, शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासँग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’

सम्झनाकी बहिनी आरती भट्टले भिनाजुले आनावश्यक तनाव दिएकाले दुर्घटना घटेको बताउँदै न्यायका लागि आह्वान  गरेकी छिन् । उनले घर परिवारबाट तनाव दिएकै कारण दिदिले यस्तो निर्णय लिएकोे बताइन् । एलबिए कक्षा १२मा अध्ययनरत छोरी गुमाएपछि भट्ट  परिवार शोकमा डुबेको, सहपाठी विद्यार्थी सडकमा उत्रिएका छन । बुधबार विद्यार्थीले सम्झनालाई न्याय दे भन्दै विद्यालयदेखि बजार हुँदै प्रहरी कार्यालय अगाडि विरोध प्रर्दशन गरेका छन् । सम्झनाका साथीहरुले समेत विवाह पछि मानसिक तनाव दिने  गरेको बताएका छन् । सम्झनाका  साथी सेजल कुँवरले  लव गरेर विवाह गरेपछि श्रीमानले दुख दिने  गरेको  गुनासो गर्दै आएको बताइन् । उनले श्रीमानले यतिकै दुःख दिने  गरेको आफुसँग गुनासो पोख्दै आएको तर, कहिकतैबाट समस्याको समाधान नभएको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।