बाँके । नेपालगंज अब यात्रुहरूका लागि भारत को रूपेइडिया देखि जयपुर तथा राजस्थानका प्रमुख शहरहरूसम्मको यात्रा थप सुविधाजनक र आरामदायी बनेको छ। अंशी राजश्री ट्रॅव्हल्स ले दैनिक बस सेवा सुरु गरेको छ, जसले यात्रुहरूलाई दिउँसो ३ बजे रूपेइडियाबाट जयपुरको लागि प्रस्थान गर्ने व्यवस्था मिलाएको छ।
यस नयाँ सेवा अन्तर्गत बस आगरा, भरतपुर, मेहंदीपुर बालाजी, दौसा, जयपुर, खाटूश्याम जी, जोधपुर, उदयपुर, भीलवाड़ा, अजमेर लगायत सम्पूर्ण राजस्थान हुँदै सञ्चालन हुनेछ।
बस अत्याधुनिक सुविधासहित सुसज्जित छ, जसमा यात्रुहरूको सुविधा ध्यानमा राखी स्लीपर सिट, व्यक्तिगत पर्दा, आरामदायी इन्फिरियर डिजाइन, साथै सफा र सुरक्षित वातावरणको विशेष व्यवस्था गरिएको छ।
अंशी ट्रॅव्हल्स का अनुसार, यो सेवा यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको हो।
बसको बाहिरी स्वरूप आकर्षक र पेशेवर ढंगले डिजाइन गरिएको छ, जसले यात्रुहरूलाई सुरुमा नै विश्वस्त बनाउँछ।
यात्रुहरूले समयमै टिकट बुक गरी राजस्थानका विभिन्न गन्तव्यतर्फ सुरक्षित र सहज यात्रा गर्न सक्नेछन्।