२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुनसरीमा नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

सुनसरी । कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन्।

साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थान बरामद भएपछि चालक राजेश कुमार रजकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हाल उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]