२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ बर्षपछि पक्राउ गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

 

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई दाङ प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० बर्ष कैद सजाय उहिबेला तोकेको थियो । उनले आफ्नो श्रिमानको जेठी श्रीमतीबाटका छोरा ९ बर्षिय शरद शर्माको हत्या गरेकि थिईन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० बर्ष कैद सजायको फैसला गरेको थियो । फरार शर्मालाई प्रहरीले खोजी गर्दैजाँदा काठमाडौमा लुकिछिपि बसेको सुचना पाएको थियो ।

२०८२ साल साउन २० गते विहान साढे ८ बजे फरार शर्मालाई काठमाडौ महानगरपालिका वडा नम्बर-२६ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मासँग काठमाडौ महानगरपालिका-९ गोंगबुमा बस्दै आएको खुलेको छ । उनी लुकिछिपी दाङ-काठमाण्डौ आउजाउ गरिरहने सुचना पाएपछि प्रहरी काठमाण्डौ नै पुगेको दाङ प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!