२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ बर्षपछि पक्राउ गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

 

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई दाङ प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० बर्ष कैद सजाय उहिबेला तोकेको थियो । उनले आफ्नो श्रिमानको जेठी श्रीमतीबाटका छोरा ९ बर्षिय शरद शर्माको हत्या गरेकि थिईन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० बर्ष कैद सजायको फैसला गरेको थियो । फरार शर्मालाई प्रहरीले खोजी गर्दैजाँदा काठमाडौमा लुकिछिपि बसेको सुचना पाएको थियो ।

२०८२ साल साउन २० गते विहान साढे ८ बजे फरार शर्मालाई काठमाडौ महानगरपालिका वडा नम्बर-२६ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मासँग काठमाडौ महानगरपालिका-९ गोंगबुमा बस्दै आएको खुलेको छ । उनी लुकिछिपी दाङ-काठमाण्डौ आउजाउ गरिरहने सुचना पाएपछि प्रहरी काठमाण्डौ नै पुगेको दाङ प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]