२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङमा प्रहरीको असई हुँ’ भन्दै धम्क्याएर चोरी गर्ने दुई जनालाई दाङ प्रहरीले पक्राउ गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

दाङ । घोराही उप-महानगरपालिका-१४, सिद्धार्थ टोलस्थित गीता न्यौपानेको डेराबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा कालिकोट तिलागुफा नगरपालिका-१ का २७ वर्षीय जगत शाही र जुम्ला हिमा गाउँपालिका-६ का २९ वर्षीय दीपक अधिकारी रहेका छन् । उनीहरू दुवै हाल घोराही उप-महानगरपालिका-१५, शिवबस्ती टोलमा बस्दै आएका थिए ।

साउन १८ गते बिहान न्यौपानेको कोठाबाट ५६ हजार रुपैयाँ पर्ने भिभो कम्पनीको मोबाइल चोरी गरी निस्कँदै गर्दा उनीहरूलाई फेला पारिएको थियो । मोबाइल चोरीको विषयमा सोधपुछ गर्दा उनीहरूले आफूहरू नेपाल प्रहरीको असई भएको भन्दै धम्क्याएका थिए ।

अधिकारीले आफ्नो मोबाइलमा नेपाल प्रहरीको पोसाक लगाएको र असईको फुली भएको फोटो समेत देखाएका थिए । सूचना पाएपछि प्रहरीले उनीहरूको डेरा कोठामा खानतलासी गर्दा न्यौपानेको चोरी भएको मोबाइल फेला पारेको थियो ।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]