२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पूर्वअध्यक्ष मिश्र,राय,सिंह ठकुरी पूर्पक्षका लागि जेल,राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत धरौटीमा रिहा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । नेपालगञ्ज कर्णाली विकास बैंक घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा बैंकका तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उनीहरूलाई बैंकिङ कसुरअन्तर्गत अनुसन्धान पूरा नभएसम्म थुनामा राख्न आदेश दिएको हो।
यसै प्रकरणमा अनुसन्धानको घेरामा परेका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
अनुसन्धानका क्रममा उनीहरूलाई बैंकको आन्तरिक प्रणालीको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो। उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास ले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!