२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २२, २०८२

मेष -आज आत्मविश्वास बढ्नेछ। गुरुको दृष्टिले अध्ययन, अध्यापन वा धर्मकर्ममा मन जानेछ। यात्रामा सफलता मिल्ने संकेत छन्। तर अनावश्यक हतार नगर्नुहोस्।

वृष -भावनात्मक तनाव आउन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर मन शान्त राखेमा पारिवारिक सुख प्राप्त हुनेछ। वित्तीय निर्णय आजका लागि टार्नु ठीक हुन्छ।

मिथुन -सहयोगीको साथ पाउनु हुनेछ। वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ। व्यवसायिक लाभको संकेत पनि छ। मीठा बोलले सबैलाई आकर्षित गर्न सक्नुहुन्छ।

कर्कट -कामप्रति जिम्मेवारी बढ्नेछ। व्यस्तता रहला तर परिश्रमको उचित मूल्य पाउनुहुनेछ। परिवारभित्र सानो असमझदारी आउन सक्छ, तर प्रेमपूर्वक समाधान होला।

सिंह -मन प्रफुल्ल रहनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम वा मित्रताको नयाँ सुरुवात हुन सक्छ। सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ।

कन्या -चन्द्रमा आफ्नै राशिमा भएकाले मानसिक चञ्चलता देखिन सक्छ। भावनामा बगेर निर्णय नगर्नुहोस्। घरपरिवारमा सन्तुलन राख्नु आवश्यक छ।

तुला -गोप्य शत्रु सक्रिय हुन सक्छन्, तर आफ्नो संयम र कूटनीति प्रयोग गर्नुभयो भने सफलता निश्चित छ। आध्यात्मिक चासो बढ्न सक्छ।

वृश्चिक -सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने दिन। साथीसँग भेटघाट हुनेछ। काममा सहयोगीहरूबाट राम्रो साथ पाउनुहुनेछ।

धनु -पेशा वा अध्ययनमा सफलता मिल्ने संकेत छ। गुरुको दृष्टिले उच्च सोच र मार्गदर्शन प्राप्त हुनेछ। मान–सम्मान बढ्नेछ।

मकर -दूरदराजको यात्रा वा अध्ययनमा सफलता मिल्ने दिन। तर मानसिक थकान हुन सक्छ। धार्मिक चासो र दान–पुण्यमा रुचि बढ्नेछ।

कुम्भ -ऋण वा पैसाको लेनदेनमा सतर्कता आवश्यक छ। पारिवारिक सम्पर्कमा सुधार आउनेछ। आजको दिन गहिरो चिन्तन र आत्म–विश्लेषणको लागि उपयोगी बन्न सक्छ।

मीन -दाम्पत्य जीवनमा सन्तुलन आवश्यक छ। भावनात्मक उतारचढाव हुन सक्छ। तर व्यापारमा फाइदा मिल्ने सम्भावना छ। सम्झौतामा हस्ताक्षर गर्दा ध्यान दिनुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।