२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

११ जना एसएसपीको पदस्थापन गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा भएका हुन् ।  बढुवा भएका प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, दयानिधि ज्ञवालीलाई कार्य विभाग र केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!