२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङका पत्रकार सागर सुवेदी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन २२, २०८२

 

दाङ । पत्रकार कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्।

विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उहाँले पत्रकारकै भूमिका निर्वाह गर्ने छन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले मलाई दुवै भूमिकामा प्रस्तुत हुने मौका दिएको छ।”

अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित चलचित्र ‘जदौ’ ले समाजमा भइरहेका विविध घटनालाई चित्रण गर्ने निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गरिने तयारी रहेको र चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ।

कलाकारको रूपमा पहिलोपटक पर्दामा देखिन लागेका सुवेदीको अभिनयले नयाँ ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!