२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको तुलसीपुर वडा नं. ६ मा डेंगी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Logo
सागर रोका प्रकाशित शनिबार, साउन २४, २०८२

दाङ । तुल्सीपुर वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको सभाध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल टोलमा फुल, लार्भा तथा प्युपा नष्ट गर्न विकास संस्थाहरुलाई आग्रह गरिएको बताए। डेंगू नियन्त्रणका लागि टोल टोलमा सरसफाइ अभियान सञ्चालन भइरहेको र वडाले नियमित रुपमा सरसफाइमा जोड दिएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक विमल के.सीले  डेंगू रोग, यसको लक्षण र बच्ने उपायबारे जानकारी दिनुभयो । उहाले  लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र सामुदायिक भूमिका माथि प्रष्ट पार्नु भएको थियो । पालिकाले प्रत्येक शुक्रबार डेंगीको रोकथामको कार्यक्रम बारे जानकारी दिनुभयो ।

कार्यक्रममा टोल विकास संस्था, स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले डेंगू नियन्त्रणका लागि एकआपसमा सहकार्य गर्दै वडालाई पूर्णरुपमा डेंगूमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण पालिका एड्भोकेट सबिना रानाले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।