२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको तुलसीपुर वडा नं. ६ मा डेंगी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Logo
सागर रोका प्रकाशित शनिबार, साउन २४, २०८२

दाङ । तुल्सीपुर वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको सभाध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल टोलमा फुल, लार्भा तथा प्युपा नष्ट गर्न विकास संस्थाहरुलाई आग्रह गरिएको बताए। डेंगू नियन्त्रणका लागि टोल टोलमा सरसफाइ अभियान सञ्चालन भइरहेको र वडाले नियमित रुपमा सरसफाइमा जोड दिएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक विमल के.सीले  डेंगू रोग, यसको लक्षण र बच्ने उपायबारे जानकारी दिनुभयो । उहाले  लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र सामुदायिक भूमिका माथि प्रष्ट पार्नु भएको थियो । पालिकाले प्रत्येक शुक्रबार डेंगीको रोकथामको कार्यक्रम बारे जानकारी दिनुभयो ।

कार्यक्रममा टोल विकास संस्था, स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले डेंगू नियन्त्रणका लागि एकआपसमा सहकार्य गर्दै वडालाई पूर्णरुपमा डेंगूमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण पालिका एड्भोकेट सबिना रानाले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!