२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गाजामा शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु ३० जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन २४, २०८२

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्।

अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं गाजनहरू सहयताको लागि भेला हुने गरेको जनाइएको छ। पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइ रहेका छन्।

युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धनलगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ।

शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो।

यसले विश्वभर आक्रोशको लहर निम्त्याए पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताएका छन्। इजरायलले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दबाबको सामना गरिरहेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!