२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कास्की प्रहरीद्वारा करिब साढे ६ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन २५, २०८२

कास्की । पोखरा शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ।

बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष) पक्राउ परेका छन्।

प्रहरीले गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्ज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!