२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रवि लामिछानेले सहकारी ठगी मुद्दामा बैंक ग्यारेन्टी राखी थुनामुक्त हुनुपर्ने माग राखे,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २६, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्।

उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्।

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफूमाथि हुनसक्ने विगो बराबरको रकम बैंक ग्यारेन्टी राख्दै थुनामुक्त हुन पाउनुपर्ने माग राखी दिएको निवेदनमाथि जिल्ला अदालत रुपन्देहीमा सोमबार छलफल हुँदैछ ।

हालसम्मको अभ्यासमा सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएको व्यक्तिलाई मुद्दाको अन्तिम फैसलामा बाहेक फेरि अर्को निवेदनबाट थुनामुक्त गरेको उदाहरण विरलै भेटिन्छ ।

बुटबलको सुप्रिम सहकारीको रकम गैरकानूनी रुपमा गोर्खा मिडिया प्रा.लि.मा ल्याएको आरोप खेपेका लामिछानेले १२ पेज लामो निवेदनमा तीनवटा विषयहरु मुख्य रुपमा उठाएका छन् ।

पहिलो, भैरहवास्थित कारागारको अवस्था अत्यन्त दयनीय र कष्टकर रहेको तथा आफूलाई कारागार स्थानान्तरण गर्नुपर्ने माग पनि सम्बोधन नभएको भन्दै उनले जमानतमा छुट्न माग गरेका छन् ।

दोस्रो, राज्यले आफूविरुद्ध बदनियतपूर्वक मुद्दा चलाएको भन्दै उनले मुद्दामा आफूविरुद्ध प्रमाण नै नभएकाले थुनामुक्त हुनुपर्ने भनेका छन् ।

त्यसका साथसाथै सहकारी ठगीको मुद्दामा मिलापत्रको व्यवस्था समेत रहेको भन्दै उनले आफूलाई हुनसक्ने अधिकतम विगो बापतको रकम पहिले नै बुझाउन तयार गरेको भन्दै कैदमुक्त गरिदिन माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!