२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २६, २०८२

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो

काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। यस निर्णयले उनको बढुवा कम्तीमा ६ महिना देखि १ वर्षसम्म रोकिनेछ।

असार ११ र १२ गते हल्चोकमा आयोजित वरिष्ठ अधिकृतहरूको सम्मेलनमा कँडेलले संगठनभित्र सरुवा र बढुवामा हुने चलखेल र भेदभावबारे गृहमन्त्री रमेश लेखकको उपस्थितिमा टिप्पणी गरेका थिए। सामाजिक सञ्जालमा लाइभ गरिएको कार्यक्रममा उनले आइजिपी राजु अर्यालमाथि “पैसा नखाने भनेका छन्, खाएकै छन्” भन्दै प्रश्न उठाएका थिए।

सम्मेलनको उद्घाटन आइजिपी अर्यालले गरे पनि समापन गृहमन्त्री लेखकबाट भएको थियो। घटना सार्वजनिक भएपछि आइजिपी अर्यालको निर्देशनमा एआइजीहरू नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडामगरको टोलीले कारबाही प्रक्रिया अघि बढाएको थियो। कँडेलसँग क्रमशः २४ घण्टे र १२ घण्टे स्पष्टिकरण सोधिएकोमा सन्तुष्ट नहुंदा दफा १०८ बमोजिम कारबाही लागू गरिएको हो।

यसैबीच, रविन्द्रराज कर्णजितलाई सुडान मिसनमा कार्यरत रहँदा एक नर्वेजियन महिला अफिसरलाई यौनिक दुर्व्यवहार गरेको आरोपमा पाँच वर्षका लागि बढुवा रोक्का गरिएको छ। संयुक्त राष्ट्रसंघले विभागीय कारबाही नभए सशस्त्र प्रहरीलाई द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो।

कानुन महाशाखाले तयार पारेको कारबाही पत्रमा प्रशासन महाशाखाका डिआइजी कुलबहादुर नेम्बाङले हस्ताक्षर गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!