२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २६, २०८२

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो

काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। यस निर्णयले उनको बढुवा कम्तीमा ६ महिना देखि १ वर्षसम्म रोकिनेछ।

असार ११ र १२ गते हल्चोकमा आयोजित वरिष्ठ अधिकृतहरूको सम्मेलनमा कँडेलले संगठनभित्र सरुवा र बढुवामा हुने चलखेल र भेदभावबारे गृहमन्त्री रमेश लेखकको उपस्थितिमा टिप्पणी गरेका थिए। सामाजिक सञ्जालमा लाइभ गरिएको कार्यक्रममा उनले आइजिपी राजु अर्यालमाथि “पैसा नखाने भनेका छन्, खाएकै छन्” भन्दै प्रश्न उठाएका थिए।

सम्मेलनको उद्घाटन आइजिपी अर्यालले गरे पनि समापन गृहमन्त्री लेखकबाट भएको थियो। घटना सार्वजनिक भएपछि आइजिपी अर्यालको निर्देशनमा एआइजीहरू नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडामगरको टोलीले कारबाही प्रक्रिया अघि बढाएको थियो। कँडेलसँग क्रमशः २४ घण्टे र १२ घण्टे स्पष्टिकरण सोधिएकोमा सन्तुष्ट नहुंदा दफा १०८ बमोजिम कारबाही लागू गरिएको हो।

यसैबीच, रविन्द्रराज कर्णजितलाई सुडान मिसनमा कार्यरत रहँदा एक नर्वेजियन महिला अफिसरलाई यौनिक दुर्व्यवहार गरेको आरोपमा पाँच वर्षका लागि बढुवा रोक्का गरिएको छ। संयुक्त राष्ट्रसंघले विभागीय कारबाही नभए सशस्त्र प्रहरीलाई द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो।

कानुन महाशाखाले तयार पारेको कारबाही पत्रमा प्रशासन महाशाखाका डिआइजी कुलबहादुर नेम्बाङले हस्ताक्षर गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]