१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २६, २०८२

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो ।

लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!