काठमाडौं । लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ ।
सिन्धुपाल्चोक ठुलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपियाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकालेका थिए ।
पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाए । अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन । गोरखापत्रबाट