१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

खटाएको स्थानमा नजाने गृह मन्त्रालयका १५ जना कर्मचारीको हाजिरी काटियो

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २७, २०८२

काठमाडौं । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि गृह मन्त्रालयमा रहेको उनीहरूको डिजिटल र रजिस्टरको हाजिरी काटिएको हो। यही साउन १५ गते गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयमा जगेडामा रहेका उनीहरूलाई पदस्थापना भएको कार्यालयमा उपस्थित हुनका लागि २४ घण्टे उर्दी जारी गरेको थियो।

हाजिरी काटिने कर्मचारीमा ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृत रहेका छन्। २४ घण्टे उर्दी जारी भएपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा सम्बन्धित कार्यालयमा हाजिर भएका थिए। तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरञ्जीवी जीएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन्।

एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन्। अटेर गरी मन्त्रालयमै बस्ने १५ जनालाई दबाब स्वरूप यही साउन २० गतेबाट लागू हुनेगरी हाजिरी काटिएको गृह मन्त्रालय स्रोतले बताएको छ। एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयले ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृतको हाजिरी काटेको हो। गृह मन्त्रालयमा हाजिरी काटिने शाखा अधिकृतहरूमा मानकुमार बुढा, भागवतप्रसाद रेग्मी, शिला तिमसेना, युगेशकुमार यादव, बाबुराम पन्थी, दलबहादुर बस्नेत, मोहनप्रसाद निरौला, आनन्द विष्ट, सुन्दर बान्तवा, युवराज कट्टेल, खगराज गौतम र ४ जना नायब सुब्बाहरू छन्। नायब सुब्बाहरू कमल आचार्य, कृष्ण भट्टराई, विष्णु पौडेल, रामबाबु बराल र सुवास पौडेल रहेका छन्।

गृह मन्त्रालयअन्तर्गत प्रशासन महाशाखाका सहसचिव छवि रिजालका अनुसार गृह मन्त्रालय मातहतको काम निकै संवेदनशील हुन्छ। यसको सुरक्षा र गम्भीरताका दृष्टिकोणले गृह प्रशासनको कामको प्रकृति संवेदनशील हुन्छ। रिजाल अगाडि भन्छन्, ‘समयमा कर्मचारी गएनन् भने सेवाग्राहीले दुःख पाउँछन्, सास्ती पाउँछन्। पोस्टिङ गरेको ठाउँमा छिटो जानका लागि प्रेसर दिएको हो। गृह मन्त्रालयमा जगेडामा रहेका उनीहरू सबै जनाले काठमाडौं उपत्यकामै पोस्टिङ मागेका छन्। सबैलाई सुविधा चाहियो। सबैलाई सधैं काठमाडौंमा राख्न सम्भव हुन्न नि।’

केही समयअघि गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागमा ४५ जना शाखा अघिकृतको सरुवा गरिएको छ। सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृत पठाएपछि त्यहाँबाट ४५ जना शाखा अधिकृत गृह मन्त्रालय फर्किएका थिए। यी ४५ मध्ये केहीलाई गृहमन्त्रालय त केहीलाई सामान्य प्रशासन मन्त्रालयले नै विभिन्न स्थानमा पोस्टिङ गरेको थियो। काठमाडौंबाहिर पोस्टिङ भएका कर्मचारीले अटेर गरेर गृहमन्त्रालयमै बसेका थिए।

१६ उपसचिव र ५ सहसचिव जगेडामा
गृह मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयअन्तर्गत १६ जना उपसचिव र ५ जना सहसचिव जगेडामा रहेका छन्। गृहमन्त्रालयका सहसचिव छवि रिजाल भन्छन्, ‘यहाँ जगेडामा रहेका सहसचिवको बाहिर दरबन्दी नै छैन। दरबन्दीभन्दा बढी भएका कर्मचारीहरू सामान्य प्रशासन तथा गृह मन्त्रालयमा बस्ने गरेका छन्। यहाँ कहिलेकाहीँ बाहिरी जिल्लामा जिम्मेवारीमा रहेका सहसचिव तत्कालै फर्काउनुपर्ने अवस्थामा जगेडामा रहेका कर्मचारी पठाएर पदपूर्ति गर्ने चलन छ। कुनै ठूला घटना भइहाल्यो भने तुरुन्तै जिम्मेवारी दिएर पठाउनुपर्ने हुन्छ। यस्तै अवस्थाका लागि केही सहसचिव र उपसचिव मन्त्रालयमा जगेडामा राख्ने प्रचलन छ। अहिले भएको संख्या चाहिँ दरबन्दीभन्दा बढी भएको हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!