२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नाइजेरियाली सेना हवाई र स्थल कारबाही १०० भन्दा बढी आपराधिक समूहहरु मारिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २७, २०८२

 

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको थियो।

विगत केही वर्षदेखि यस्ता आपराधिक समूहहरूले उत्तर पश्चिम तथा केन्द्रीय नाइजेरियाका गाउँहरूमा आतंक मच्चाउँदै आएका छन् । उनीहरूले गाउँहरूमा आक्रमण, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन्।

सेनाले माकक्कारी वन क्षेत्रमा रहेको एक शिविरमा आक्रमण गरेको थियो, जहाँ झण्डै ४०० आपराधिक सदस्यहरू भेला भएका थिए । प्रतिवेदनअनुसार, पछिल्लो एक महिनामा जम्फारा राज्यमा अपहरण तथा हिंसात्मक गतिविधि बढेपछि यो कारबाही गरिएको हो।

कारबाही हुनु अघि, शुक्रबार अदबका गाउँमा भएको आक्रमणमा १३ सुरक्षाकर्मी मारिएका थिए र केही स्थानीय बासिन्दा अपहरणमा परेका थिए। आक्रमणको तयारी गरिरहेका ती समूहमाथि हवाई र स्थल दुबैतर्फबाट योजनाबद्ध रूपमा हमला गरिएको थियो। हिंसाको विस्तार र गम्भीर प्रभाव नाइजेरियामा यस किसिमको हिंसा सुरुमा किसान र पशुपालकबीच जमिन र पानीको अधिकारलाई लिएर भएको विवादबाट सुरु भएको थियो। तर अहिले यी समूहहरू अपराधमा संलग्न भई गाउँलेहरूबाट कर उठाउने, पशु चोरी गर्ने र अपहरणजस्ता आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन्।

हिंसाका कारण किसानहरूले आफ्नो खेतबारी छोड्नुपरेको छ, जसले खाद्य संकट र कुपोषणलाई अझ गम्भीर बनाएको छ । जलवायु परिवर्तन र पश्चिमी देशहरूको सहयोग कटौतीले स्थिति झन् जटिल बनाएको छ।

सन् २०१५ देखि नाइजेरिया सरकारले सेनालाई परिचालन गरेर यस्तो आपराधिक गतिविधिविरुद्ध लड्दै आएको छ । दुई वर्षअघि जम्फारा राज्य सरकारले स्थानीय स्तरमा एक सुरक्षागठित समूह गठन गरे पनि हिंसा कम हुन सकेको छैन।

गत जुलाईमा पनि सेनाले नाइजर राज्यमा एक कारबाही गर्दै कम्तीमा ९५ आपराधिक सदस्यहरूलाई मारिएको थियो। यद्यपि, देशका विभिन्न भागमा फैलिँदो हिंसाले सेनालाई अझ धेरै चुनौतीमा पारेको छ।

अहिले यी आपराधिक समूहहरूले उत्तरपूर्वी क्षेत्रमा सक्रिय जिहादी समूहहरूसँग सहकार्य गर्न थालेका छन्, जसले देशमा झन् ठूलो सुरक्षा चुनौती सिर्जना गरिरहेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!