२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

उपचारको क्रममा बिरगंजमा एक कैदीको मृत्यु पछी अस्पताल परिसर तनावग्रस्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २७, २०८२

पर्सा । बिरगंज भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य  ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका – २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा  बिहान १०:३० बजे मृत्यु भएको हो ।
प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार मंगलबार बिहान ८:३० बजे कारगारको प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो । त्यसबेला राहुलको मुखबाट रगतसहितको फिज निस्किइरहेको थियो । अवस्था निक्कै जटिल भएका कारण उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने तर आइसीयु वार्डमा शैया खाली नभएका कारण डाक्टरले अन्यत्र लैजान कुरुवालाई सुझाएका थिए ।

त्यसपछि डाक्टरले रिफरको कागज बनाइदिए । तर, अवस्था झनै बिग्रिदै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग सल्लाह गरेर नारायणी अस्पतालमै आइसीयुको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको डाक्टर सिंहले बताए ।

डा.सिंहले भने,‘अन्यत्र रेफरको तयारी डाक्टरले गरिरहेका थिए । तर बिरामीको अवस्था झन्  झन् बिग्रिदै गइरहेको थियो । बाहिर पठाउँदा बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम देखियो । त्यसपछि सीडीओ साबसँगको सल्लाहमा आइसीयुमा जसोतसो गरेर एउटा बेड खाली गराएर ती बिरामीलाई राख्यौं । तर, उपचारका क्रममा  उनको डेथ भयो।’

राहुलको मृत्युको कारण पल्मोरी इडिमा (हार्ट फेलियर) रहेको पनि उनले जानकारी दिए ।यता मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरवाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाएका छन् ।

मृतक राहुलको काकाका छोरा जगदीश साह तुराहाले भाइ राहुलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डाक्टरले रेफर गरिसक्दा पनि सीडीओको आदेशमा प्रहरीले बिरामीलाई अन्यत्र लैजान नदिएको आरोप लगाए । उनले भने,‘डाक्टरले आइसीयु बेड खाली नभएकाले अन्यत्र लैजान रेफर लेखिदिए । त्यसपछि हामीले एम्बुलेन्स बोलाएर भाइलाई एम्बुलेन्समा राखिसकेका थियौं । त्यहि बेला एक प्रहरी आएर बाहिर लैजान मिल्दैन । सीडीओ साब को आदेश छ । यहि अस्पतालमा उपचार गराउनुपर्छ भन्दै रोकिदिए । हामीले धेरै गुहार लगायौं तर हाम्रो कुरा सुनिएन । जसका कारण मेरो भाइको सही उपचार नपाएर मृत्यु भयो । प्रहरी र प्रशासनले मेरो भाइको ज्यान लियो ।’

दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नपाएसम्म शव आफूहरूले नबुझ्ने पनि उनले बतए ।  पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भने कारगारमै हर्ट अट्याक भएर नारायणी अस्पतालमा पुर्‍याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार,कारागार प्रशासनले नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर‍्याएका कैदी राहुलको स्वास्थ्य अवस्था निकै जटिल थियो । तर, अस्पतालको आइसीयु वार्डमा शैया खाली थिएन । त्यसपछि आफूले चिकित्सकलाई फोन गरेर आइसीयुमा बेड खाली गराएर बिरामीलाई भर्ना गराउन लगाएको अर्यालले बताए ।

तर, पहिलेदेखि नै बिरामीको अवस्था निक्कै जटिल भएका कारण चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उपचारकै क्रममा उनको मृत्यु हुन पुगेको अर्यालले बताए । अर्यालले भने,‘बिरामीको उपचारमा कसैको पनि लापरवाही भएको छैन । कारागार प्रशासनले समयमै बिरामीलाई अस्पतालमा पुर्‍याएको थियो । अस्पतालका डाक्टरले पनि आइसीयुमा बेड खाली गराएर उपचार गरेकै हुन् । तर, पहिलेदेखि नै अवस्था जटिल भएका कारण डाक्टरले बिरामीलाई  बचाउन सकेनन्।’

मृतकका परिवारजन र आफन्तसँग छलफल गरेर उनीहरूको गुनासो सुन्न आफू तयार रहेको प्रजिअ अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!