२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाका सभापति रवि लामिछानेलाई भेटघाट गरेका छ्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन २७, २०८२

रुपन्देही । भैरहवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले मङ्गलबार (आज) दोस्रो पटक भेटेका हुन्।

भेटमा सन्चो-बिसन्चोदेखि राष्ट्रिय राजनीतिसम्मका कुराकानी भएको लिङ्देनले जानकारी दिएका छन्। ‘भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध पक्षमा कुराकानी भयो,’ लिङ्देनले भने।

लिङ्देनले लामिछानेलाई उनले रोजेको कारागारमै राख्न आग्रहसमेत गरेका छन्। ‘देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ,’ उनले फेसबूकमा लेखेका छन्।

उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताए। साथै, उनले गृहमन्त्री रमेश लेखकलाई काठमाडौं सार्न आग्रहसमेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!