२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको छ एसएसपी अधिकारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २८, २०८२

 

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ ।

परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्

उनका अनुसार काठमाडौँ प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो ।

उनले भने, ’हामी स्वीकृत दरबन्दीभन्दा करिब २० प्रतिशत कम जनशक्तिमा काम गरिरहेका छौँ। ५६ वटा प्रहरी इकाईको दरबन्दीले थप ७३ वटा दरबन्दी नभएका इकाईलाई समेत धान्नुपर्ने अवस्था छ।’

गत आर्थिक वर्षमा मात्रै काठमाडौँमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका थिए ।  जसमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी परिचालन भएको उनले जानकारी दिए ।

यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन थिए। एसएसपी पोखरेलले भने, ’देशभर हुने कुल घरनामध्ये ४२ प्रतिशत र विरोध र्‍यालीमध्ये २१ प्रतिशत काठमाडौँमा हुने गरेको तथ्याङ्कले यहाँको सुरक्षा चुनौतीलाई स्पष्ट पार्छ ।’ उनले सहकारी पीडित, शिक्षक महासङ्घ र राजनीतिक दलहरूका ठुला प्रदर्शनहरू सफलतापूर्वक व्यवस्थापन गरिएको स्मरण गरे ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौँमा २ हजार ७२२ वटा आगलागीका घटना भए। तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।

चुनौतीकाबिच प्रहरीले प्रविधिको प्रयोग बढाउँदै लगेको छ। प्रहरीको हटलाइन ‘१००’ मा गत वर्ष ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो। प्रहरीको तथ्याङ्कअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!