१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको छ एसएसपी अधिकारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २८, २०८२

 

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ ।

परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्

उनका अनुसार काठमाडौँ प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो ।

उनले भने, ’हामी स्वीकृत दरबन्दीभन्दा करिब २० प्रतिशत कम जनशक्तिमा काम गरिरहेका छौँ। ५६ वटा प्रहरी इकाईको दरबन्दीले थप ७३ वटा दरबन्दी नभएका इकाईलाई समेत धान्नुपर्ने अवस्था छ।’

गत आर्थिक वर्षमा मात्रै काठमाडौँमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका थिए ।  जसमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी परिचालन भएको उनले जानकारी दिए ।

यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन थिए। एसएसपी पोखरेलले भने, ’देशभर हुने कुल घरनामध्ये ४२ प्रतिशत र विरोध र्‍यालीमध्ये २१ प्रतिशत काठमाडौँमा हुने गरेको तथ्याङ्कले यहाँको सुरक्षा चुनौतीलाई स्पष्ट पार्छ ।’ उनले सहकारी पीडित, शिक्षक महासङ्घ र राजनीतिक दलहरूका ठुला प्रदर्शनहरू सफलतापूर्वक व्यवस्थापन गरिएको स्मरण गरे ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौँमा २ हजार ७२२ वटा आगलागीका घटना भए। तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।

चुनौतीकाबिच प्रहरीले प्रविधिको प्रयोग बढाउँदै लगेको छ। प्रहरीको हटलाइन ‘१००’ मा गत वर्ष ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो। प्रहरीको तथ्याङ्कअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!