२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति फिर्ता लिन रास्वपा नेता उपाध्यायलाई पत्रकार महासंघ लुम्बनीको आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन २८, २०८२

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ ।
महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकाङ्क्षी रहेका सिद्धार्थनगर–७ निवासी उपाध्यायले पत्रकारिता पेसा र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्यले गैरजिम्मेवार टिप्पणी गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले स्थानीय र अन्य मिडियाको आवश्यकता नभएको, समाचार पढ्दा हाँसो उठ्ने र सम्पूर्ण पत्रकारहरू ५ हजार रुपैयाँमा बिक्री हुने जस्ता तथ्यहीन, अपमानजनक र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएका थि ए। यस्ता टिप्पणीले पत्रकारिता पेसाको मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर आघात र्पुयाएको महासंघको ठहर छ ।
महाससंघका महासचिव पाण्डवप्रसाद शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यायको उक्त अभिव्यक्ति खेदजनक, आधारहीन र लज्जास्पद भएको उल्लेख गर्दै तत्काल फिर्ता लिई सार्वजनिक माफी माग्न माग गरिएको छ । साथै यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्ने उपाध्यायमाथि छानबिन गरी कडा कारबाही गर्न रास्वपालाई आग्रह गरिएको छ । ‘यस्ता अभिव्यक्तिहरूले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पु¥याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!