२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०१, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जग्गाको कारोबारबाट नाफा हुनेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारभित्र गोपनीयता भंग हुँदा धोका हुने जोखिम छ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण साथीहरु टाढिने छन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यको व्यापारमा घाटा हुनेछ। यात्रामा अनावश्यक सम्पत्ति खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा गरेको लगानी अनुसार महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने देखिन्छ। स्वादेशमा रोजगारीको विकल्प फेला पर्नेछन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ र सहयोग मिल्नेछ। परिवारले साथ दिँदा मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

तुला : दिन सामान्य छ। आफूले थालेका काम अधुरा भएकाले मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको एकल यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सचेत बनेर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। आफन्तले गलत बाटो समाउँदा मन उदास बन्नेछ। परिवारभित्रका मान्छेले गोपनीया भंग गर्ने जोखिम छ। शिक्षामा समय बिताएमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। इज्जत बढ्नेछ। अपरिचित व्यक्तिले तपाईंलाई राम्रो सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने मनमुटावको जोखिम छ।

कुम्भ : दिन सामान्य छ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। शरीरमा नयाँनया रोगले आक्रमण गर्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने छ। परिवारमा मनमुटावको जोखिम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।