१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

१३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको नेपाल प्रहरीका पूर्व डिएसपीको खुलासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०१, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी गोबिन्द पन्थीले प्रहरी संगठनमै मानवअधिकार उल्लंघन भइरहेको गम्भीर आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले उक्त आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरी कर्मचारीलाई एक नम्बर गणभित्र ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखेको उनले खुलासा गरे । जसमा कतिपय एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा कैद जस्तै अवस्थामा छन् ।

“३० वर्ष सेवा गरेको संगठनले आफ्नै कर्मचारीलाई यसरी अमानवीय व्यवहार गरेको देख्दा मन चिसिन्छ,” पन्थीले लेखेका छन् । उनका अनुसार अनुशासन उल्लंघन वा भ्रस्टाचारमा संलग्न प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो तर प्रक्रिया पन्छाएर कर्मचारीलाई मानसिक र शारीरिक पीडा दिने प्रवृत्ति संस्थाको गरिमा माथि प्रहार हो ।
पूर्वडीएसपी पन्थीले प्रहरी महानिरीक्षकलाई समेत प्रश्न गर्दै भनेका छन्, “दुई हप्ता पछि तपाईं अवकाशमा जानुहुनेछ, तर संगठनमै रहेका आफ्ना भाइबन्दलाई शंकाको भरमा यसरी यातना दिइयो भने तपाईंलाई पनि कति मन दुख्ला ?”

उनले प्रधानमन्त्रीलाई समेत गम्भीर चासो दिन आग्रह गर्दै निर्दोष प्रहरी कर्मचारीलाई तत्काल न्याय दिलाउन, सत्य तथ्यको निष्पक्ष छानबिन गर्न र दोषीमात्र कानुनअनुसार सजाय पाउनुपर्नेमा जोड दिएका छन् ।पन्थीले चेतावनीसमेत दिँदै लेखेका छन्,“यदि यस्तो गैरकानुनी अभ्यास रोकिएन भने प्रहरी संगठनको गरिमा घट्नेछ, कर्मचारी निराश भई जागिर त्याग्नुपर्ने अवस्था आउँछ, जसको दीर्घकालीन असर मुलुककै शासन प्रणाली र अर्थतन्त्रमा पर्नेछ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!