२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको नेपाल प्रहरीका पूर्व डिएसपीको खुलासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०१, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी गोबिन्द पन्थीले प्रहरी संगठनमै मानवअधिकार उल्लंघन भइरहेको गम्भीर आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले उक्त आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरी कर्मचारीलाई एक नम्बर गणभित्र ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखेको उनले खुलासा गरे । जसमा कतिपय एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा कैद जस्तै अवस्थामा छन् ।

“३० वर्ष सेवा गरेको संगठनले आफ्नै कर्मचारीलाई यसरी अमानवीय व्यवहार गरेको देख्दा मन चिसिन्छ,” पन्थीले लेखेका छन् । उनका अनुसार अनुशासन उल्लंघन वा भ्रस्टाचारमा संलग्न प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो तर प्रक्रिया पन्छाएर कर्मचारीलाई मानसिक र शारीरिक पीडा दिने प्रवृत्ति संस्थाको गरिमा माथि प्रहार हो ।
पूर्वडीएसपी पन्थीले प्रहरी महानिरीक्षकलाई समेत प्रश्न गर्दै भनेका छन्, “दुई हप्ता पछि तपाईं अवकाशमा जानुहुनेछ, तर संगठनमै रहेका आफ्ना भाइबन्दलाई शंकाको भरमा यसरी यातना दिइयो भने तपाईंलाई पनि कति मन दुख्ला ?”

उनले प्रधानमन्त्रीलाई समेत गम्भीर चासो दिन आग्रह गर्दै निर्दोष प्रहरी कर्मचारीलाई तत्काल न्याय दिलाउन, सत्य तथ्यको निष्पक्ष छानबिन गर्न र दोषीमात्र कानुनअनुसार सजाय पाउनुपर्नेमा जोड दिएका छन् ।पन्थीले चेतावनीसमेत दिँदै लेखेका छन्,“यदि यस्तो गैरकानुनी अभ्यास रोकिएन भने प्रहरी संगठनको गरिमा घट्नेछ, कर्मचारी निराश भई जागिर त्याग्नुपर्ने अवस्था आउँछ, जसको दीर्घकालीन असर मुलुककै शासन प्रणाली र अर्थतन्त्रमा पर्नेछ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!