२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआईजी टेकबहादुर तामाङद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०१, २०८२

काठमाडौं । नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत २ दिवसिय “सेकेन्ड एनपिएस सामाखुसी चेस च्याम्पियनसिप- २०८२” काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।

मिति २०८२/०४/३१ गतेबाट दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ८२ विद्यालयबाट जुनियर तर्फ ८२ र सिनियर तर्फ ८४ जना गरी कुल १६६ जना सहभागीबाट सिनियर ब्वाइज (कक्षा ९–१२), सिनियर गर्ल्स (कक्षा ९–१२), जुनियर ब्वाइज (कक्षा ५–८) र जुनियर गर्ल्स (कक्षा ५–८) गरी चार समूहमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय तथा दुई- दुई जना सान्त्वना गरी २० जना विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाण पत्र, पुरस्कार, मेडल तथा ट्रफि वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल पुलिस स्कूलले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यालय स्तरमै बुद्धिचाल जस्तो बौद्धिक खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो ।

समापन समारोहका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले विद्यालयको प्रयासको प्रशंसा गर्दै प्रमुख अतिथि, सहभागी विद्यालय तथा विद्यार्थी, निर्णायक र आयोजक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसालले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नेपाल चेस महासंघका अध्यक्ष हिराकाजी महर्जन, नेपाल पुलिस स्कुलका सहायक प्राचार्य ओमप्रसाद भुसाल, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले, सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!