२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पीडित एकै घरका प्यारालाइज श्रीमान श्रीमतीलाई मगरले पैसा र कपडा हस्तान्तरण,

Logo
सागर रोका प्रकाशित आइतबार, भाद्र ०१, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ भित्री संक्रामका एकै घरका प्यारालाइज पीडित श्रीमान/श्रीमती लाई (२५०००) हजार पैसा र कपडा सहयोग गरिएको थियोे ।

प्यारालाइज पीडित लाई विशेष गरेर कृष्ण जन्माष्टमीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बिजौरी का समाजसेवी तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरीमा रहेको हनुमान ईट्टा उद्योग का उद्योग पत्ती मोहन घर्ती मगरले पीडित श्रीमती तिलसरी पुन र श्रीमान नेब बहादुर पुन लाई पैसा र कपडा हस्तान्तरण गर्नु भएको थियोे ।

यति मात्रै नभएर प्यारालाइज पीडित तिलसरी पुनलाई आज उपचारको लागि घर बाट एम्बुलेन्स बाटै तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको थियोे ।

भने सामान्य उपचारपछि थप उपचारको लागि प्यारालाइज पीडित तिलसरी पुनलाई काठमाडौं वीर अस्पतालमा रिफर गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का सदस्य रामबहादुर पौडेलले जानकारी दिनु भएको थियो ।

दाङ बाट काठमाडौं वीर अस्पताल सम्म पुर्याउनको लागि एम्बुलेन्स खर्च र उपचार खर्च समाजसेवी मोहन घर्तीले ब्यबस्थापन गरिएको सदस्य पौडेलले जानकारी दिनु भएको छ ।

यति मात्रै नभएर हरेक टोल-टोलमा र वडा-वडामा पुगेर समाजसेवी घर्तीले हरेक समस्याका पीडितहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

उपचारको लागी नेपालगन्ज,घोराही,अन्य अस्पतालमा पुगेता पनि कुनै परिवर्तन नदेखिएको प्यारालाइज पीडित नेब बहादुर पुनले बताउनु भएको हो ।

यति मात्रै नभएर प्यारालाइज रोगको उपचार गर्दागर्दै कुनै उपाय नलागेर थल्ला परेको करिब १५ वर्ष भन्दा बदी भैसकेको पीडित पुनले बताउनु भएको थियो ।

सोही घरका नेब बहादुर पुनका श्रीमती पनि प्यारालाइज रोग बाट थल्ला परेको करिब ६ महिना भन्दा बदी भैसकेको पीडित पुनले जानकारी दिनु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का सदस्य राम बहादुर पौडेलको समन्वयमा एकै घरका प्यारालाइज पीडित श्रीमान/श्रीमतीलाई मोहन घर्ती मगरले पैसा र कपडा हस्तान्तरण गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!