२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पीडित एकै घरका प्यारालाइज श्रीमान श्रीमतीलाई मगरले पैसा र कपडा हस्तान्तरण,

Logo
सागर रोका प्रकाशित आइतबार, भाद्र ०१, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ भित्री संक्रामका एकै घरका प्यारालाइज पीडित श्रीमान/श्रीमती लाई (२५०००) हजार पैसा र कपडा सहयोग गरिएको थियोे ।

प्यारालाइज पीडित लाई विशेष गरेर कृष्ण जन्माष्टमीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बिजौरी का समाजसेवी तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरीमा रहेको हनुमान ईट्टा उद्योग का उद्योग पत्ती मोहन घर्ती मगरले पीडित श्रीमती तिलसरी पुन र श्रीमान नेब बहादुर पुन लाई पैसा र कपडा हस्तान्तरण गर्नु भएको थियोे ।

यति मात्रै नभएर प्यारालाइज पीडित तिलसरी पुनलाई आज उपचारको लागि घर बाट एम्बुलेन्स बाटै तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको थियोे ।

भने सामान्य उपचारपछि थप उपचारको लागि प्यारालाइज पीडित तिलसरी पुनलाई काठमाडौं वीर अस्पतालमा रिफर गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का सदस्य रामबहादुर पौडेलले जानकारी दिनु भएको थियो ।

दाङ बाट काठमाडौं वीर अस्पताल सम्म पुर्याउनको लागि एम्बुलेन्स खर्च र उपचार खर्च समाजसेवी मोहन घर्तीले ब्यबस्थापन गरिएको सदस्य पौडेलले जानकारी दिनु भएको छ ।

यति मात्रै नभएर हरेक टोल-टोलमा र वडा-वडामा पुगेर समाजसेवी घर्तीले हरेक समस्याका पीडितहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

उपचारको लागी नेपालगन्ज,घोराही,अन्य अस्पतालमा पुगेता पनि कुनै परिवर्तन नदेखिएको प्यारालाइज पीडित नेब बहादुर पुनले बताउनु भएको हो ।

यति मात्रै नभएर प्यारालाइज रोगको उपचार गर्दागर्दै कुनै उपाय नलागेर थल्ला परेको करिब १५ वर्ष भन्दा बदी भैसकेको पीडित पुनले बताउनु भएको थियो ।

सोही घरका नेब बहादुर पुनका श्रीमती पनि प्यारालाइज रोग बाट थल्ला परेको करिब ६ महिना भन्दा बदी भैसकेको पीडित पुनले जानकारी दिनु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का सदस्य राम बहादुर पौडेलको समन्वयमा एकै घरका प्यारालाइज पीडित श्रीमान/श्रीमतीलाई मोहन घर्ती मगरले पैसा र कपडा हस्तान्तरण गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]