२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको एसपीहरुको सरुवामा तिव्र प्रतिस्पर्धा जिल्ला कमाण्डमा जाने आंकाक्षी धेरै

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०२, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए।

अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी धेरै भएपछि निर्णयमा ढिलाई भएको छ ।

कास्की, मकवानपुर, भक्तपुर, सुनसरी, दाङ, कपिलवस्तु, पूर्वी नवलपरासी, डोटी लगायत जिल्लामा हेरफेरको तयारी भइरहेको छ । राम्रो कार्यसम्पादन नभएका तराईका जिल्लाका एसपीहरुको पनि अवधि नपुगी सरुवा हुने सम्भावना छ ।

रिक्त हुने जिल्ला थोरै भएकोमा जिल्ला जान चाहने एसपीहरु धेरै छन् । अघिल्लो सरुवामा अवसर नपाएका अंगुर जिसी तराईको जिल्लाबाहेक अन्यत्र नजाने अडानमा छन्।

त्यस्तै पर्सा बसिसकेका कुमोद ढुंगेल ख श्रेणीको जिल्ला जाने दाउमा छन्। उनी सकभर दाङ नभए मकवानपुर जान लविङमा छन् ।

६ महिनाअघि बढुवा भएका रुगम कुँवर, सुदीपराज पाठक, मनोहर भट्ट, कुलदीप चन्द, नवीन कार्की, सुमित खड्कालगायत पनि जिल्ला मागिरहेका छन्। नवीन कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ भएकाले उनले रोजेको जिल्ला पाउने सम्भावना छ। जसअनुसार उनको कास्की सरुवा हुने स्रोत बताउँछ ।

त्यस्तै, मनोहर र कुलदीप गृहमन्त्री रमेश लेखकका निकट मानिन्छन् । तनहुँबाट अवधि नपुगी तानिएकाले काठमाडौं परिसरका एसपी अपिलराज बोहराले पनि जिल्ला मागेका छन् । तर, उनलाई पनि गृहले रुचाएको छैन ।

त्यस्तै, एसपी सुमित खड्का पनि चलखेलकै आधारमा सरुवाको दौडधुपमा लागेका छन् ।

तेस्रो लटमा बढुवा भएका रबिन कार्कीले पनि तत्कालै कमाण्ड खोजेका छन् । सुदीपराज पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले अख्तियारकै सिफारिसमा उनी जिल्ला जान खोजेका छन्। अख्तियारमै कार्यरत एसपी मोहन थापा पनि आकर्षक जिल्ला ताकेर बसेका छन् ।

सरुवाको विषयमा गृहमन्त्री रमेश लेखक र आईजीपी थापाबीच कुरा मिल्न नसकेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!