१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

भदौ १९ गते नेपाल प्रहरीको नयाँ आईजीपी, चन्द्रकुवेर खापुङको सम्भावना बलियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनले दुई साताभित्र नयाँ प्रमुख पाउने भएको छ। त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

एउटै विज्ञापनबाट तेस्रो आईजीपी
नेपाल प्रहरीले सामान्यतया एउटै विज्ञापनबाट भर्ना भएका टोलीमध्ये एक जना मात्रै आईजीपीसम्म पुग्ने परम्परा रहेको छ। तर, २०५१ सालको विज्ञापनबाट भने असाधारण रूपमा तीन जना प्रहरी प्रमुख बन्ने अवस्था सिर्जना भएको छ।

यसै लटबाट वसन्तबहादुर कुँवरले गत चैतमा अवकाश हुनु अघि आईजीपी बनेका थिए भने उनका वैकल्पिक दीपक थापा हाल अवकाशको डिलमा छन्। अब तेस्रो नाममा परेका चन्द्रकुबेर खापुङ पनि प्रहरी प्रमुख बन्ने पक्का देखिएको छ।

एकल प्रतिस्पर्धी
आईजीपी थापाकै ब्याचका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ गते अवकाशमा जाने भएकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका छन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएकाले खापुङलाई प्रतिस्पर्धा गर्ने ब्याचमै कोही बाँकी छैन।

हाल संगठनमा खापुङसँगै एआईजी दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धिविक्रम शाह रहेका छन्। तर, उनीहरू खापुङभन्दा पछिल्लो ब्याचका हुन्। यस कारण वरिष्ठताक्रमअनुसार खापुङकै सम्भावना उच्च छ।

छोटो कार्यकाल
यदि खापुङ आईजीपी बने भने उनको कार्यकाल अढाई महिनाभन्दा लामो रहने छैन। उनी २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका भएकाले ३० वर्षे सेवा अवधिले आगामी कात्तिक २६ गते उनी पनि अनिवार्य अवकाशमा जानेछन्। यसरी उनी प्रहरी इतिहासमै दोस्रो सबैभन्दा छोटो समयका लागि आईजीपी बन्ने सम्भावना छ।

यसअघि तोरण शमशेर जबरा केवल तीन दिन प्रहरी प्रमुख बनेका थिए भने अच्युतकृष्ण खरेल दुई कार्यकालमा छुट्टाछुट्टै अवधि पूरा गरेका थिए। खापुङको नेतृत्व पनि छोटो भए पनि महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ।

इमान्दार र विवादरहित छवि
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन्। यसअघि उनले कोशी प्रदेश प्रहरी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड सम्हाल्दा प्रभावकारी काम गरेका थिए। संगठनभित्र उनी इमान्दार र विवादरहित अधिकृतका रूपमा चिनिन्छन्।

हालको अवस्थामा भने खापुङकै नेतृत्वमा प्रहरी संगठनले ३२औँ आईजीपी पाउने सम्भावना लगभग सुनिश्चित बनेको छ।

आगामी प्रतिस्पर्धा
खापुङपछि भने आईजीपीको प्रतिस्पर्धा चर्को हुने देखिएको छ। एआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहबीचको प्रतिस्पर्धा प्रमुख हुने अनुमान गरिएको छ।

शाह राष्ट्रिय अनुसन्धान (२०५३) बाट आएका हुन् भने कार्की २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। डीआईजी बढुवादेखि नै यी दुई टोलीबीच विवाद रहँदै आएको छ, जुन आईजीपी प्रतिस्पर्धामा पनि देखिने निश्चित छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!