२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शान्ति सुरक्षा कायम राख्दै नागरिकहरु प्रति प्रहरी सेवा पुर्‍याउन डिआईजी कार्कीको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

जनकपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले यातायातको पहुँच कम भएको पहाडी जिल्ला संखुवासभामा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

असहाय, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्न तथा समाजमा अपराधका घटना हुन नदिन र भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरुले इमान्दारी पुर्वक दैनिक प्रहरी कार्य सम्पादन गर्नु पर्ने बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!