२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२” जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ०४, २०८२

काठमाडौं । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यू सहितको मूल्याङ्कन टोलीबाट जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण भएको छ ।

निरीक्षण क्रममा परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाएका रणनीति र प्राप्त उपलब्धिहरू, श्रोत साधनहरूको उपयोग र व्यवस्थापन, प्राविधिक तथा सूचना–प्रविधि सम्बन्धी प्रयोग, मानव स्रोतको क्षमता अभिवृद्धि र व्यवस्थापन, प्रशासनिक दक्षता तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतका पक्षमा जानकारी लिइएको थियो । साथै, विपद्द व्यवस्थापन न्यूनीकरण, अपराध अनुसन्धानमा अपनाइने नविनतम् प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका लागि सञ्चालन भइरहेका जनचेतनामूलक कार्यक्रम तथा पीडित मैत्री सेवाहरूको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरिएको थियो ।

अनुगमन तथा निरीक्षण पश्चात्, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले परिसरको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्लाको अपराध अनुसन्धानका प्रकृति र प्रवृति सञ्चालनमा रहेका कार्यक्रम, विगतमा हासिल उपलब्धिहरु तथा आगामी योजनाहरु सम्बन्धी विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले संगठनात्मक सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, जनशक्ति क्षमता अभिवृद्धि, प्रविधि–मैत्री सेवा विस्तार लगायतका विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाई रहेको जानकारी समेत दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]