२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल पत्रकार महासंघ दाङमा तीज मिलन, चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र ०४, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो ।

“आजभोलि तीज र अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको छ । यो ठीक होइन । चाडपर्वमा खर्च गर्दा घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनुपर्छ,” प्रियासनले भन्नुभयो । उहाँले पर्वलाई आडम्बररहित, सरल र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीज केवल गीत–नृत्यमा सीमित छैन । यसले हाम्रो संस्कृतिको संरक्षण गर्ने र महिलाबीच आपसी सन्देश प्रवाह गर्ने काम गर्छ । तर यो पर्वलाई व्यावसायिकता र खर्चिलो प्रतिस्पर्धामा जकडिन दिनु हुँदैन ।”

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो । यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने माध्यम बनाउनुपर्छ । पत्रकार महासङ्घजस्तो संस्था महिला विभागमार्फत यस्तो कार्यक्रम गर्दै संस्कृतिको जगेर्ना गर्न लागेको देख्दा खुसी लागेको छ ।”

नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्छ । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउँछ ।”

नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “तीज महिलाहरूको साझा उत्सव हो । यसमा महिलाहरूले आफ्ना समस्या, सपना र संघर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर पाउँछन् । यसलाई केवल भोज, महंगा लुगाफाटा र बाह्य प्रदर्शनमा सीमित पार्दा यसको वास्तविक मूल्य घट्छ ।”

प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज जस्ता पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताउनुभयो । उहाँका अनुसार, “पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनुपर्छ । आजको कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्नेछ ।”

क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, “तीज केवल एक समूह वा समुदायको पर्व होइन, यो सबै महिलाको साझा पर्व हो । यसले परम्परागत संस्कारसँगै आधुनिक चेतना फैलाउन मद्दत गर्छ । त्यसैले यसलाई सामाजिक रुपान्तरणको अभियानसँग जोड्न सकिन्छ ।”

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आपसी सम्बन्ध र समझदारी बलियो हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरूले केवल कलम चलाउने मात्र होइन, सामाजिक संस्कृति र परम्परालाई जोगाउने जिम्मेवारी पनि लिनुपर्छ । यस्तो अवसरमा भेटघाट, छलफल र रमाइलो गरेर पेशागत जीवनलाई अझ सशक्त बनाउन सकिन्छ ।”

कार्यक्रममा महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेले अध्यक्षता गर्नुभएको थियो । स्वागत मन्तव्य सरिता चौधरीले गर्नुभएको र सञ्चालन रमा नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरू, महिला पत्रकार तथा दाङ जिल्लाका सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । सहभागीहरूले तीज गीत गाएर, नाचगान गर्दै र आपसी आत्मीयता बाँडेर कार्यक्रमलाई उत्साहपूर्ण बनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!