२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हु्नेछ।

कर्कट: दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको भेटघाट रमाइलो हुनेछ। दैनिकी सहजै बित्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह: दिन सामान्य छ। सोचेको काममा अवरोध हुनसक्छ। मिहिनेतको फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या: दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। घर र जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ।

तुला: दिन राम्रो छ। साथीहरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक: दिन राम्रो छ। ठुला व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेका काम सहज बन्नेछन्। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम रहेको छ।

धनु: दिन सामान्य छ। परिवारमा साना कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मकर: दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: दिन सामान्य छ। सानासाना कुरामा अवरोध सिर्जना हुनेछ। शनिदेव उच्च ग्रहमा भए प्रगति हुनेछ नत्र घाटा हुनेछ। शनिदेवको अवस्था हेर्न जन्मकुण्डलीको हेर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मीन: दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!