१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रवि निर्दोषनै हुन् भन्न सकिँदैन अदालतबाट जारी भएका आदेशहरूले संलग्नता देखायो आईजिपी थापा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘निर्दोष नै हो’ भन्न सकिने अवस्था नरहेको बताएका छन्।

उनले अदालतबाट जारी भएका आदेशहरूले नै लामिछानेको संलग्नतामाथि प्रश्न उठाएको संकेत गरे।

बुधबार नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी थापाले उक्त प्रकरणमा प्रहरीले सबुद प्रमाणसहितको बलियो मिसिल अदालतमा पेस गरेको स्पष्ट पारे।

‘रवि लामिछाने कति दोषी हुनुहुन्छ ?’ भन्ने प्रश्नमा आईजीपी थापाले भने, ‘म अनुसन्धान टोलीको नेतृत्व गरेको हुनाले सबै कुरा यहाँ भन्न सक्दिनँ। तर, पाँचवटा अदालतमा उहाँको केस दर्ता भएको छ र त्यहाँबाट आदेश पनि भएको छ। त्यो आदेशमा प्रस्ट लेखिएका हुनाले दोषी कति, निर्दोष कति मैले भन्न सक्ने अवस्था रहेन।’

उनले अदालतको आदेशको भाषा उद्धृत गर्दै थपे, ‘त्यहाँ (अदालतको आदेशमा) निर्दोष नै हो भन्न पनि सकिएन। मैले त्यहाँको भाषा नै उद्धृत गरेको हुँ।’

आईजीपी थापाले अनुसन्धानको अन्तिम निर्णय अदालतले गर्ने भए पनि प्रहरीले आफ्नो जिम्मेवारीअनुसार प्रमाण संकलन गरेरै मुद्दा अगाडि बढाएको बताए।

‘हामीले के-के प्रमाणहरू प्राप्त गर्‍यौं, संकलन गरेका प्रमाणहरूको परीक्षणसमेत गराएर मिसिल तयार गरी पठाएको हो,’ उनले भने, ‘अन्तिम फैसला हुँदाका बखत बल्ल आउला।’

आफू सीआईबी प्रमुख हुँदादेखि नै सहकारी प्रकरणको अनुसन्धानमा संलग्न रहेको बताउँदै उनले यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गरेको र त्यसैका आधारमा कानूनी प्रक्रिया अगाडि बढेको स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!