१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सशस्त्र प्रहरी बाराले झण्डै १० लाख ५५ हजार रुपैयाँ बराबरको भन्सारछली सामानहरु बरामद,

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

बारा । मटिअर्वा सीमा इलाकामा खटिएको प्र.सि.सु. गुल्म मटिअर्वाको टोली सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा ले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त सामानसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ । त्यस्तै, जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वमा खटिएको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँचको क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका भन्सारछली लेडिज कपडा बरामद गरेको छ ।

विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको टोलीले मोटरसाइकलमार्फत ल्याइएका १ लाख १२ हजार ७९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ । यसैगरी, सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको छ । एसपी खुमबहादुर केसीका अनुसार, बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक प्रक्रिया पश्चात् वीरगञ्ज भन्सार कार्यालयमा आजै बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!