२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भारतमा बेचबिखन गर्न युवतीहरुलाई लिएर जाँदै गरेकी एक महिला बिरगंजबाट पक्राउ,

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

पर्सा । वीरगन्ज नाकाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छन् ।

भदौं ३ गतेका दिन सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई भारत लिएर जाँदै गरेको अवस्थामा वीरगन्जको इनर्वा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा सिर्मलले विभिन्न प्रलोभन देखाएर उनिहरुलाई भारतमा बेचबखिन गर्ने नियतले लैजान लागेको खुलेपछि प्रहरीले सिर्मललाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनिसंग रहेका तीन जना युवती र महिलाहरुको उद्धार गरि उनिहरुको अभिभावक बोलाएर जिम्मा लगाएर पठाइएको लम्सालले बताए ।

पक्राउ गरिएकी सिर्मललाई भने प्रहरीको हिरासतमा राखेर उनिविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरुमा मुद्धा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको लम्सालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!