२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

शुक्रबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आज आत्मविश्वास उच्च रहनेछ। अध्ययन, अनुसन्धान वा नयाँ कार्य योजनामा मन जानेछ। साथी वा नजिकका मानिससँग रमाइलो समय बित्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहन्छ। हतारमा निर्णय नगर्नुहोस्।
वृष
समाजमा प्रतिष्ठा बढ्ने समय हो। व्यापारिक गतिविधिमा लाभको संकेत छ। घरमा खुसीयाली वातावरण बन्न सक्छ। खर्च बढ्ने सम्भावना भएकाले बजेट मिलाएर अघि बढ्नुहोस्।
मिथुन
नयाँ अवसर प्राप्त हुने समय हो। नोकरी वा व्यापारमा नयाँ सम्भावना देखिन्छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ। यात्रा वा नयाँ काम सुरु गर्न अनुकूल समय हो।
कर्कट
पारिवारिक जीवनमा सानो असहमति आउन सक्छ, धैर्य राख्नुहोस्। खर्च नियन्त्रण गर्न नसक्दा मानसिक तनाव आउन सक्छ। स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, खानपानमा ध्यान दिनुहोस्।
सिंह
हिम्मत र जोश बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्ने संकेत छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। तर निर्णय गर्दा अहंकार नदेखाउनुहोस्। आर्थिक पक्ष मध्यम रहनेछ।
कन्या
विगतका प्रयास सफल हुनेछन्। पैसाको आवतजावतमा सुधार देखिन्छ। स्वास्थ्यमा सानो असजिलो हुनसक्छ। परिवारमा खुसीको माहोल रहनेछ।
तुला
संबन्धमा आत्मियता बढ्नेछ। नजिकका साथी वा आफन्तसँग भेटघाट रमाइलो हुनेछ। आर्थिक हिसाबले केही चुनौती आउन सक्छ, लेनदेन गर्दा ध्यान दिनुहोस्।
वृश्चिक
काममा सफलता पाइने दिन हो। तर मानसिक तनाव आउन सक्छ। साथीभाइसँग असहमति सम्भावना छ, शब्द प्रयोगमा संयमता अपनाउनुहोस्। आर्थिक पक्ष सामान्य रहन्छ।
धनु
विद्यार्थी र ज्ञानप्रेमीका लागि राम्रो समय हो। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। व्यापारमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।
मकर
काममा दवाव रहन सक्छ तर प्रयास अनुसार सफलता पाइन्छ। पारिवारिक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य तर मानसिक थकाइ बढ्न सक्छ।
कुम्भ
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। यात्राको योग देखिन्छ। परिवार र मित्रतर्फबाट सहयोग पाइनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।
मीन
धार्मिक कार्यतर्फ मन जानेछ। समाजमा सम्मान पाउनुहुनेछ। तर आर्थिक हिसाबले दबाब आउन सक्छ। अनावश्यक खर्च नगर्नुहोस्। आत्मविश्वास कायम राख्नुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!