२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले रास्वपा,राप्रपा, राजाबादी भविष्य नभएको बताए,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

काठमाडौं । प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए।

‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके। उनीहरु अहिले छिन्नभिन्न अवस्थामा छन्’ पौडेलले भने ‘राजावादी कित्तामा लागेर ब्यर्थमा जीन्दगीको समय नगुजार्न म आग्रह गर्दछ।’

प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाइ छ।

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे। उनले रास्वपाको नाम नलिइ उसलाई खहरेको संज्ञा दिए। ‘यसपाली मनसुन अलि ढिला सुरु भयो। त्यही भएर अहिले खहरे खोलाहरु बढेका छन्। तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्ध्छन्’ पौडेलले भने ‘राजनीतिमा पनि खहरे देखिएका छन्। तिनीहरुको आयु लामो छैन।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर ,जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरुले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरुको नियत थाहा पाएको बताए।

‘म युवाहरुलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने ‘भुलभुलैयामा परेर जीन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरे। सरकार ढाल्छु भनेर केही समय अघि ठूलो स्वर गर्नेहरु अहिले मुर्झाएको उनको भनाइ छ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ। त्यो सधैं सरकार ढाल्छु भन्छ। सरकारलाई नै निशाना बनाउछ ’ पौडेलले भने ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ। त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ।’

वर्तमान संसदको गणितले एमाले कांग्रेस भन्दा दोस्रो विकल्प नभएको उनले बताए। सबैभन्दा सुरक्षित स्थिर सरकार यीनै दुई दल मिल्दा मात्र हुने भएकोले त्यसतर्फ आफूहरु लागेको उनको भनाइ छ। उनले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]