२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शनिबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, भाद्र ०७, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आज आत्मबल र आत्मविश्वास बढ्नेछ। रोकिएका कार्य बन्ने सम्भावना छ। सामाजिक सम्मान र पद प्रतिष्ठा प्राप्त हुने योग छ। व्यापार र आर्थिक पक्षमा लाभ हुनेछ। दाम्पत्य र पारिवारिक आत्मीयता पनि बढ्नेछ।
वृषभ
आज खर्च बढ्ने संकेत छन्। स्वास्थ्यप्रति सचेत रहनुहोस्। मानसिक चञ्चलता आउन सक्छ, तर धैर्यले परिस्थिति अनुकूल बनाउन सक्नुहुन्छ। मित्र वा आफन्तबाट सहयोग पाइनेछ।
मिथुन
भाग्यबल प्रबल हुने दिन हो। नयाँ अवसर प्राप्त हुनेछ। पारिवारिक वातावरणमा खुसी छाउनेछ। सम्मान र प्रतिष्ठा बढ्ने योग। प्रेम र सम्बन्धमा पनि मिठास आउँछ।
कर्क
आर्थिक लाभका राम्रो योग छन्। लक्ष्मी–नारायण योगको प्रभावले धन प्राप्ति र पारिवारिक सुख बढ्नेछ। नयाँ लगानी वा योजना लाभदायी हुनेछ। महिला वा मित्रको सहयोग उपयोगी रहनेछ।
सिंह
त्रिग्रह योगको प्रभावले आजको दिन अत्यन्त प्रभावशाली बन्नेछ। मान–सम्मान र नेतृत्व क्षमता बढ्नेछ। महत्वाकांक्षी योजना अघि बढाउन सकिनेछ। अहंकार नियन्त्रणमा राख्दा लाभ हुनेछ।
कन्या
आज खर्चीला कार्य गर्नुपर्ने हुन सक्छ। मानसिक तनाव आउन सक्छ, तर संयम र समझदारीले काम बन्नेछ। नयाँ सिकाइ वा आध्यात्मिक कार्यमा आकर्षण बढ्ने सम्भावना।
तुला
आनन्द र उत्साहको वातावरण रहनेछ। पारिवारिक मेलमिलाप र मित्रताको समय हुनेछ। व्यापार र साझेदारीमा लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्ध बलियो बन्छ।
वृश्चिक
रुकेको काम अघि बढ्नेछ। आर्थिक लाभ र नयाँ स्रोत खुल्ने संकेत छन्। पारिवारिक आत्मीयता बढ्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, ध्यान दिनुहोस्।
धनु
भाग्यबलको साथ पाइनेछ। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट लाभ हुने सम्भावना छ। मानसिक प्रसन्नता र नयाँ अवसर प्राप्त हुनेछ।
मकर
लक्ष्यमा सफलता मिल्नेछ। आर्थिक स्थिरता र कार्यक्षेत्रमा प्रगति हुनेछ। पारिवारिक सम्बन्ध बलियो हुनेछ। निर्णय गर्दा सजग रहनु आवश्यक छ।
कुम्भ
कर्म क्षेत्रमा सफलता प्राप्त हुनेछ। श्रमको उचित फल पाइनेछ। सामाजिक सम्मान बढ्ने योग। क्रोध नियन्त्रणमा राख्दा अझ राम्रो हुनेछ।
मीन
व्यापारिक लाभको राम्रो समय। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]