२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विभिन्न १६ वटा डेरी उद्योगहरुमा अनुगमन गरी पसलहरुबाट दुधको नमुना संकलन गरि गुणस्तर परिक्षण,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र ०७, २०८२

विभिन्न १६ वटा डेरी उद्योगहरुमा अनुगमन गरी पसलहरुबाट दुधको नमुना संकलन गरि गुणस्तर परिक्षण

दाङ । घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले मिति २०८२/०५/०५ र ५/०६ गते घोराहीका वडा नम्बर १४ र १५ का विभिन्न १६ वटा डेरी उद्योगहरुमा अनुगमन गरी ती डेरी पसलहरुबाट दुधको नमुना संकलन गरि तिनको गुणस्तर परिक्षण गरेको छ । सो क्रममा नेपाल सरकारले तोकेको दुधको गुणस्तर मापदण्ड बमोजिम अधिकाम्श डेरीका दुधमा चाहिने मात्रामा हुनुपर्ने Fat र SNF नपुगेको देखिएको छ । सो क्रममा कपिलवस्तुवाट घोराहीमा भित्रीएको ट्याङ्करको दुधको पनि सो ट्याङ्करलाई नगरमै बोलाएर नमुना संकलन गरी दुधको परिक्षण गरिएको छ । यस परिक्षणबाट प्राप्त रिपोर्टका आधारमा न्यून गुणस्तरवाला दुध बिक्रीवितरण गर्ने डेरी उद्योग तथा पसलहरुलाई बजार ब्यबस्थापन समितिको बैठकबाट नियमानुसार कार्वाही प्रक्रिया अगाडि बढाइनेछ । उक्त अनुगमन घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङ , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वडा नम्बर १४ र १५ का वडा अध्यक्ष ज्युहरु , उद्योग वाणिज्य संघ दाङ, वडा प्रहरी कार्यालय , पत्रकार महासंघ दाङ, घोराही उपमहानगरपालिका पशु सेवा शाखा , डेरी व्यवसायी संघ दाङ, घोराही उपमहानगरपालिका को नगर प्रहरी लगायत विभिन्न नियमनकारी निकायहरुको उपस्थितिमा भएको थियो ।
तीज पर्व नजिकिदै गर्दा दूध तथा दुग्धजन्य पदार्थहरुको खपत बढ्ने र आम उपभोक्तालाई स्वस्थ र स्वच्छ दुध उपलब्धताका लागि यो अनुगमन गरिएको हो । अनुगमनका क्रममा डेरी ब्यबसायहरुमा देखिएका अन्य सरसफाइ लगायतका कमिकमजोरीहरुलाई सुधार्न ७ दिनको म्याद दिइएको छ । तत्पश्चात निर्देशन पालना नगरेमा नियमानुसार कार्वाही गरिने कुराको जानकारी सम्पुर्ण डेरी ब्यबसायी एवम् आम उपभोक्ता सचेतताका लागि हार्दिक अपील गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]