१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

आफुलाई वडाध्यक्षबाट हटाईएको दाबिसहित उच्च अदालत पुगे निवर्तमान वडाध्यक्ष जितेन्द्र शाह

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र ०७, २०८२

दाङ । घोराही ८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै कानुन बिपरितको कदम रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन । उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए ।

 

उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाकी कार्यकाल पुरा गर्न अदालतले आफुलाइ पुर्नबहालि गरिदिने बिश्वास ब्यक्त गरेका छन । जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाईएको दाबीसहितको रिटमा उनले गैरकानुनि ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाईएको बताएका छन् । कानुनि लडाई आफुले जित्ने र बाकि कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको बताए । शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गाे कार्यपालिकालाइ बिपक्षि बनाई अदालतमा रिट हालेका हुन । शाहको पक्षमा अन्तरिम आदेश आएमा मेयर चौधरी नैतिक संकटमा पर्ने छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!