२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अर्घाखाँचीको एक बाख्रा फर्मबाट बाघले १५ वटा बाख्रा मारियो केही भाख्राहरु बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०७, २०८२

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो ।

बुधबार बाख्रा चराउन जङ्गल जादा एकै दिन ३० बाख्रा हराएका थिए । जसमध्ये १५ बाख्रा फर्ममा आएका, ती मध्य एउटा घाइते रहेको र अरु बाख्रा मध्ये ७ बाख्रा बाघले मारेको अवस्थामा फेला पारिएको फर्मका संचालक घनश्याम अधिकारीले जानकारी दिए

अरु ८ बाख्रा शनिबारसम्म फेला पार्न नसकिएको उनले बताए । बाख्रा हराएपछि लगातार खोजी कार्य गरिरहेको उनले जनाए । तर यतिका दिनसम्म बाख्रा फेला नपर्नूले ती बाख्रालाई पनि बाघले भेटेको उनको आशंका छ ।

भेटिएका ७ बाख्रा मध्ये ४ बाख्रालाई पछाडीको भागमा क्षति गरेको अरु मारेर छाडेको अवस्था भेटाइएको उनले जनाए ।

मरेका बाख्रालाई झन्डै एक किलोमिटरमा फेला पारिएको थियो । देउराली-पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले शिकार बनाएको हो ।

झन्डै दुई बर्ष अगाडि यहाँ बाख्रापालनका लागि १२ लाख लगानी लगाएर संरचना बनाइएको थियो । बाख्रासङ्गै फर्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । फर्ममा अहिलेसम्म झन्डै ३५ लाख लगानी लगाइएको फर्मका अर्का संचालक बिष्णु पौडेलले बताए ।

बाघले गर्दा फर्मका ठूलो क्षति पुगेको संचालक पौडेलले गुनासो गरे । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरा मध्ये एकै दिन १२ सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए ।

लगातारको क्षतिले फर्म सञ्चालक चिन्तामा छन् । स्वदेशमै केही गर्नूपर्छ भनेर पशुपंक्षीपालनमा लगानी लगाएपनि सोचेजस्तो हुन नसकेको उनले जनाए ।

बाख्रा मारेको अवस्था हेर्दा चितुवा नभएर बघेनी रहेको गाउँले बताउँछन् । चितुवाले यति धेरै बाख्रा एक किलोमिटरको दुरीमा लखेटेर मार्न नसक्ने गाउँले बताउँछन् ।

पछिल्लो समय यस क्षेत्रमा बाघको बिगबिगी बढ्दो छ । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जंगली जनावरले मारेको, एक बाख्रालाई घाइते पारेको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]