२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरयानीमा हानिकारक रङ्ग मिसाउने नेपालगन्ज एक होटललाई १ लाख जरिवाना र ६ महिनाको कैद आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०७, २०८२

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, बाँकेले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइविरुद्ध दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, बाँकेका खाद्य निरीक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र एकलाख रुपियाँ जरिवाना हनुे ठहरिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ ।

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाफमा कोरटार रंगको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै अनुगमनको क्रममा भण्डारण कक्ष अत्यन्त फोहोर पाइएको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको जनाउँदै सो कार्यालयले गत वर्ष २०८१ जेठ पाँच गते बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइ विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा न्यायधिश चपाईको एकल ईजलाशले साइले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने काम गरेको ठहर गरि एक लाख जरिवाना र ६ महिना कैदको सजाय सुनाएको हो । सो मुद्दा सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्षमा ६ वटा मुद्दा अदालतमा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]