२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको आठौं स्थापना दिवस सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०७, २०८२

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सीमावर्ती क्षेत्रमा विपत व्यवस्थापन र राजस्व संकलनमा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान गरेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीसहित काम गरी नागरिकमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

महानिरीक्षक अर्यालले सिमा नाकामा हुने तस्करी नियन्त्रण गर्न केवल प्रहरी मात्र सक्षम नहुने भएकाले सबैको सहकार्य अपरिहार्य रहने बताउनुभयो । उहाँले संगठनलाई यहाँसम्म ल्याउन सहिद भएका प्रहरीहरूको योगदान स्मरण गर्दै श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो ।

त्यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले समाजमा विपत व्यवस्थापनदेखि सिमासुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा उर्वसी आचार्यलाई लागुपदार्थ नियन्त्रण दूतको जिम्मेवारी प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र कुवरले प्रदेशभर सशस्त्र प्रहरीद्वारा सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी दिनुभयो ।

उहाँले समुदायस्तरमा पुगेर काम गर्ने रणनीतिले संगठनलाई नागरिकसँग नजिक बनाउन सहयोग गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!