२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०८, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको यात्रा सुखद् हुनेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक क्षेत्रमा झुकाव बढ्नेछ। आफ्नो मूल्याङ्कन गर्ने क्षमता बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ कामको योजना बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट सकारात्मक सन्देश मिल्नेछ। आज पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयासबाट सफलता मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम सुचारु गर्न सहज हुनेछ। बिहान उठेर पन्छीलाई दाना दिनु लाभदायी हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। कृषि र दुग्धजन्य वस्तुमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गलाको प्रस्तुति गर्नुपर्ने दिन छ। साथीभाइको सेवा गर्नाले आफ्नो काम ओझेलमा पर्नसक्छ। परिवारको साथमा नजिकैको सुखद् यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। तपाईको कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शत्रु बढ्ने भएकाले कम बोल्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारको योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : साना कुरामा पनि रिस उठ्नेछ। धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। आफ्नै बलबुतामा गरेको कामबाट फाइदा हुनेछ। पठनपाठनमा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। दाम्पत्य जीवन भने सुखमय बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।