२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०८, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको यात्रा सुखद् हुनेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक क्षेत्रमा झुकाव बढ्नेछ। आफ्नो मूल्याङ्कन गर्ने क्षमता बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ कामको योजना बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट सकारात्मक सन्देश मिल्नेछ। आज पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयासबाट सफलता मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम सुचारु गर्न सहज हुनेछ। बिहान उठेर पन्छीलाई दाना दिनु लाभदायी हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। कृषि र दुग्धजन्य वस्तुमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गलाको प्रस्तुति गर्नुपर्ने दिन छ। साथीभाइको सेवा गर्नाले आफ्नो काम ओझेलमा पर्नसक्छ। परिवारको साथमा नजिकैको सुखद् यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। तपाईको कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शत्रु बढ्ने भएकाले कम बोल्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारको योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : साना कुरामा पनि रिस उठ्नेछ। धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। आफ्नै बलबुतामा गरेको कामबाट फाइदा हुनेछ। पठनपाठनमा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। दाम्पत्य जीवन भने सुखमय बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!