२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मधेश प्रदेश डीआइजी उमा चतुर्बेदीद्वारा अवैध गतिविधि तथा तस्करी विरुद्ध आक्रमक हुन निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै आ-आफ्नो मातहत समेतका इकाईहरुको काम कारवाहीको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम राख्न, गैर व्यवसायिक प्रहरी कर्मचारीहरुलाई दण्डित गरी तत्काल

 

विभागीय कारवाही, लागु औषध ओसार पसार नियन्त्रण, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नियन्त्रण गर्ने लगायत ट्राफिक नियमको कडाईका साथ पालना गर्ने, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने निकासी पैठारी नियन्त्रण, प्रहरीको आन्तरिक शुद्धीकरण गर्नु पर्ने लगायत विषयहरुको समिक्षा गर्दै थप प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!