१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

मधेश प्रदेश डीआइजी उमा चतुर्बेदीद्वारा अवैध गतिविधि तथा तस्करी विरुद्ध आक्रमक हुन निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै आ-आफ्नो मातहत समेतका इकाईहरुको काम कारवाहीको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम राख्न, गैर व्यवसायिक प्रहरी कर्मचारीहरुलाई दण्डित गरी तत्काल

 

विभागीय कारवाही, लागु औषध ओसार पसार नियन्त्रण, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नियन्त्रण गर्ने लगायत ट्राफिक नियमको कडाईका साथ पालना गर्ने, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने निकासी पैठारी नियन्त्रण, प्रहरीको आन्तरिक शुद्धीकरण गर्नु पर्ने लगायत विषयहरुको समिक्षा गर्दै थप प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!