१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रौतहटमा सुटकेस भित्र फेला परेको युवतीको शवको सनाखत

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो ।

रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ ।

गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए । तर प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो ।

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। यता प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!