२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पानीका कारण बिरगंजमा (हैजा) बिरामीको संख्या बढ्दै १५ जनामा हैजाको संक्रमण पुष्टि,

Logo
श्रवण सराफ प्रकाशित आइतबार, भाद्र ०८, २०८२

पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् ।

यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि शनिबार हैजा पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजु साहले जानकारी दिए । वडा नम्बर ११ र १३ का दुई जनामा हैजा पुष्टि भएको उनले बताए ।

यसअघि शुक्रबार वीरगन्जकै तराई हस्पिटलमा उपचाररत ३० को परीक्षण गर्दा तीमध्ये ३ जनामा हैजा पुष्टि भएको थियो ।

वीरगन्जका अस्पतालमा शुक्रबारदेखि झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको छ । वीरगन्ज–१४ बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा हैजाका शंकास्पद १३ जना बिरामीहरु उपचाररत रहेका छन् । ती सबैको हैजा परीक्षणका लागि दिशाको नमूना संकलन गरि स्वास्थ्य कार्यालय पर्सामा पठाइएको अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिए । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोपनि उनले बताए ।

यसैबीच शुक्रबार मात्रै झाडापखाला लागेर उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा ल्याइएका २ जना बिरामीको मृत्युपनि भएको छ ।

झाा पखाला लागेर उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा शुक्रबार साँझ ल्याइएका पर्साकै पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । तर ती दुवैको मृत्यु हैजाका कारण भए नभएको पुष्टि हुन भने बाँकी रहेको अस्पतालले जनाएका छन् ।

शुक्रबारदेखि सुरुमा महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामीहरु भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमणबारे जानकारी पाएलगत्तै महानगरका मेयर राजेशमान सिंहले टोलीलाई तत्काल प्रभावित क्षेत्रमा खटाउन निर्देशन दिएका थिए। निर्देशन अनुसार टोली रातिदेखि नै संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य थालेको छ।

उक्त टोलीले मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना संकलन गरेर थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो। भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]