१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु १ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

दाङ । देउखुरी कालाकाटेमा दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिएका छन् । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताए ।

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान ६ बजेको समयमा चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्राैटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!